दोस्रो क्वालिफायर स्थान बनाउन ललितपुर र बुटवलबीच प्रतिस्पर्धा काठमाडौं। दोस्रो क्वालिफायरमा स्थान बनाउन ललितपुर सिटीले आज नेपाल सुपर लिगमा बुटवल लुम्बिनी एफसीविरूद्द प्रतिस्पर्धा गर्दैछ। दुवै टीम इलिमिनेटरमा विजयी नतिजा निकाल्दै फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँगको भेट पक्का गर्न चाहन्छन्। काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको थियो। लिग चरणमा ललितपुरले बुटवललाई १–० हराएको थियो। ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्