पीएसजीका मिडफिल्डर भेराट्टी ६ साता मैदान बाहिर, युरो २०२० पनि गुम्न सक्ने
एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर मार्को भेराट्टीले चोटका कारण बाँकी सिजन गुमाउने भएका छन्। दायाँ घुँडामा चोट लागेको कारण भेराट्टी चारदेखी ६ हप्ता मैदान बाहिर बस्नुपर्ने फ्रेन्च क्लबले जनाएको छ। इटालीका भेराट्टीले युरोपियन च्याम्पियनसिप २०२० गुमाउने सम्भावना छ। युरो २०२० मा इटालीले ११ जुनमा टर्कीविरुद्ध रोममा खेल्ने तालिका छ। उनलाई गतसाता अभ्यासको क्रममा चोट लागेको थियो।
प्रतिक्रिया दिनुहोस्