ललितपुर सिटी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा काठमाडौं। खराब सुरुवात गरेको ललितपुर सिटीले बुटवल लुम्बिनीलाई १-० ले हराउँदै नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। ललितपुरले अब फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। ललितपुरका लागि ६२औं मिनेटमा अञ्जन विष्टले गरेको गोल निर्णायक बनेको थियो। लगातार चार खेल हारेपछि ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिएका थिए। त्यसपछि राजु तामाङको प्रशिक्षणमा ललितपुरले लगातार विजय हासिल गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्