एट्लेटिको मड्रिड उपाधि नजिक एजेन्सी। रियाल सोसिडाडलाई २–१ ले हराउँदै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। एट्लेटिको दोस्रो स्थानको बार्सिलोनालाई चार अंकले पछाडि पारेको छ। एट्लेटिकोले अब बाँकी दुबै खेल जिते २०१४ पछि उपाधि जित्नेछ।तेस्रो स्थानको रियालले आज ग्रानाडासँग अंक गुमाए एट्लेटिकोलाई एक खेल जितेमात्र पनि पुग्छ। एट्लेटिकोका यानिक कारास्को र एन्जेल कोरेराले तथा रियाल सोसिडाडका इगोर जुबेलडियाले गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्