साविक विजेता युभेन्टसको शीर्ष चार सम्भावना कायमै एजेन्सी। जियानलुइगी बुफोनले पेनाल्टी बचाउ गरेको दिन युभेन्टसले सासउलोलाई ३–१ ले हराउँदै इटालियन सिरी ‘ए’ को शीर्ष चारमा रहने सम्भावना कायम राखेको छ। ४३ वर्षे बुफोनले १६औं मिनेटमै डोमेनिको बेरार्दीको पेनाल्टी प्रहार बचाएका थिए। युभेन्टसका एड्रियन राबिओट, क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे। युभेन्टस ७२ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको नेपोलीभन्दा एक अंकले तल हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्