पाँच दिनमा तीन खेल खेल्ने तालिका बनाउनु अपराध हो- क्लोप एजेन्सी। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि पाँच दिनमा तीन खेल खेल्नु पर्ने तालिका बनाउनु अपराध भएको बताए। लिभरपुलले आज ओल्ड ट्राफोर्डको भ्रमण गर्नेछ। "आइतबार, मंगलबार र बिहीबार खेल्नुपर्नेछ। यो अपराध हो," क्लोपले भने। आइतबार एस्टन भिल्लालाई ३-१ ले हराएको युनाइटेड मंगलबार घरमै लेस्टर सिटीसँग २-१ ले हार्यो। युनाइटेडले दश खेलाडी परिवर्तन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्