युनाइटेडका पूर्वकप्तान भ्यालेन्सियाले लिए सन्न्यास एजेन्सी। म्यानचेस्टर युनाइटेडका पूर्वकप्तान एन्टोनियो भ्यालेन्सियाले बुधबार सन्न्यासको घोषणा गरेका छन्। मेक्सिकोको क्युरेरो क्लबबाट खेल्दै आएका ३५ वर्षे भ्यालेन्सिया पछिल्लो समय घुँडाको चोटबाट गुज्रिएका थिए। "निकै कठिन निर्णय हो। मानसिक रुपमा बलियो छु तर मेरो शारिरले साथ दिएन," भ्यालेन्सियाले भने। एक दशक युनाइटेडमा बिताउँदा भ्यालेन्सियाले दुई प्रिमियर लिग, दुई लिग कप, एफए कप र युरोपा लिगको उपाधि जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्