नेपाल सुपर लिग : पहिलो हाफमा काठमाडौं २-० ले अघि काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी दोस्रो क्वालिफायरको पहिलो हाफमा ललितपुर एफसीविरुद्ध काठमाडौं रेजर्सले २-० को अग्रता बनाएको छ। काठमाडौंका लागि दुवै गोल मेसुका ओलावाले गरे। ओलावालेले खेलको १५औ मिनेटमा पेनाल्टीमार्फत् र २२औं मिनेटमा दोस्रो गोल गरेका हुन्। आजको विजेता टोलीले उपाधिका लागि फाइनलमा धनगढीसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गरेको धनगढीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्