डर्टमण्डले जित्यो जर्मन कपको उपाधि एजेन्सी। इर्लिङ हालान्ड र जाडोन सान्चोले समान दुई गोल गरेपछि बोरुसिया डर्टमण्डले आरबी लाइपजिगलाई ४–१ ले हराउँदै जर्मन कपको उपाधि उचालेको छ। डर्टमण्डको चारै गोलमा कप्तान मार्को रेउसको संलग्नता थियो। डर्टमण्डको यो पाँचौं जर्मन कप उपाधि हो। सान्चोले पाँचौं र ४५औं मिनेटमा तथा हालान्डले २८ र ८७औं मिनेटमा गोल गरे। लाइपजिगका ओल्मोले ७१औं मिनेटमा गोल गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्