फ्रान्सका लापोर्टेलाई स्पेनबाट फुटबल खेल्न फिफाको अनुमती एजेन्सी। फ्रान्सका रक्षक एमेरिक लापोर्टेले स्पेनबाट फुटबल खेल्न गरेको निणर्यलाई फिफाले अनुमती दिएको छ। म्यानचेस्टर सिटीका २६ वर्षे रक्षक लापोर्टेले गतसाता स्पेनको नागरिकता पाएका थिए। अब उनलाई जुनमा हुने युरो २०२० का लागि स्पेनबाट खेल्न बाटो खुलेको छ। लापोर्टेले फ्रान्सको युथ टिमबाट खेले पनि सिनियरमा खेल्न पाएका छैनन्। फिफाले तत्काल लागु हुनेगरी उनलाई खेल्न अनुमती दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्