टोकियो ओलम्पिक ‘सुसाइड मिसन’ हुने– अर्बपति हिरोशी मिकीतानी
काठमाडौं। अनलाइन रिटेलर राकुटेन ग्रुपका संस्थापक तथा कार्यकारी प्रमुख हिरोशी मिकीतानीले जुलाईबाट हुने टोकियो ओलम्पिकलाई ‘सुसाइड मिसन (आत्महत्या ध्येय)’ का रुपमा व्याख्या गरेका छन्। कोभिड–१९ नियन्त्रणमा सरकारको कार्यप्रति चर्को आलोचना गर्दै आएका मिकीतानीले दुई महिनापछि शुरु हुने खेलकुदको कुम्भमेला आयोजना२०२१ मा गर्न नहुने बताउँदै आएका छन्। उनी भन्छन्, ‘खोप लगाउनै ढिला भएको छ। यस्तोबेला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु जोखिमयुक्त छ।’
प्रतिक्रिया दिनुहोस्