भेट्रान रक्षक आल्भेस र सिल्भालाई ब्राजिलले टिममा बोलायो एजेन्सी। ब्राजिलले भेट्रान रक्षक ड्यानी आल्भेस र थियागो सिल्भालाई विश्वकप छनोटका लागि राष्ट्रिय टिममा फिर्ता बेलाएको छ। इक्वेडर र पाराग्वेविरुद्ध खेल्नका लागि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले ३८ वर्षे आल्भेस र ३६ वर्षे सिल्भालाई टिम राखेका हुन्। बार्सिलोनाका पूर्व रक्षक आल्भेस अहिले साओ पाउलोबाट खेल्दैछन्। सिल्भा चेल्सीबाट च्याम्पियन्स लिगको फाइनल खेल्दैछन्। ब्राजिल दक्षिण अमेरिकी छनोटमा सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्