![](https://www.dekhapadhi.com/uploads/posts/1621065454.181912466_554456129276003_5743137491716243631_n.jpg)
एएफए कप उपाधिका लागि चेल्सी र लेस्टरको भिडन्त
एजेन्सी। चेल्सी र लेस्टर सिटीले आज वेम्बली रंगशालामा एफए कपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। दुवै क्लबका लागि पछिल्लो चार दिनमा यो दोस्रो ठूलो खेल हो। चेल्सी थोमस टुचेलको प्रशिक्षणमा पहिलो उपाधि जित्ने लक्ष्यमा छन्। चेल्सीले आठपटक यो उपाधि जितिसकेको छ। लेस्टर इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचाल्न चाहन्छ। २०१६ मा प्रिमियर लिग जितेपछि लेस्टरको यो पहिलो उपाधि हुनेछ।
प्रतिक्रिया दिनुहोस्