फाइनलमा धनगढीको पछिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा काठमाडौं रेजर्सविरुद्ध धनगढीले आज अघिल्लो खेलको टिममा तीन खेलाडी परिवर्तन गरेको छ। धनगढीले लिगमा पछिल्लोपटक काठमाडौं रेजर्सविरुद्ध पहिलो क्वालिफायरमा खेलेको थियो। उक्त टिममा प्रशिक्षक तोपे फुजाले सौजन राई, दर्शन गुरुङ र टंक बस्नेतको स्थानमा बुद्धबल तामाङ, निशाल लिम्बु, रुपेश केसीलाई स्थान दिएका छन्। काठमाडौंले भने दोस्रो क्वालिफायरमा ललितपुरविरुद्ध खेलको टिममा कुनै परिवर्तन गरेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्