साविक विजेता युभेन्टसको शीर्ष चारमा रहने आशा कायमै काठमाडौं। हुवाँ कुआड्राडोले अन्तिम समयमा पेनाल्टीमा गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’मा इन्टर मिलानलाई ३–२ ले हरायो। जितसँगै युभेन्टसले शीर्ष चारको सम्भावना कायम राखेको छ। युभेन्टसले ३७ खेलबाट ७५ अंक जोडेको छ। जुन पाँचौं स्थानको नेपोलीभन्दा दुई अंकले अगाडि हो। नेपोलीले आज फियोरेन्टिाविरुद्ध खेल्दैछ। युभेन्टसका लागि अर्को गोल क्रिष्टियानो रोनाल्डोले गरे। दुवै टिम १० खेलाडीमा सीमित बनेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्