चोटका कारण इब्राहिमोभिचले युरोकप गुमाउने
एजेन्सी। स्विडेनका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले बायाँ घुँडाको चोटका कारण युरोपियन च्याम्पियनसिप गुमाउने भएका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए पनि ३९ वर्षे इब्राहिमोभिचले पाँच वर्षपछि गत मार्चमा राष्ट्रिय टिममा पुनरागमन गरेका थिए। उनी गत साता युभेन्टसलाई एसी मिलानले ३–० ले हराएको खेलमा घाइते भएका हुन्। मिलानले इब्राहिमोभिचको उपचार गर्न कम्तिमा ६ साता लाग्ने जनाएको छ। युरोपियन च्याम्पियनसिप ११ जुनबाट हुँदैछ।
प्रतिक्रिया दिनुहोस्