एफए कपको फाइनलमा २० हजार दर्शक
एजेन्सी। एफए कपको उपाधि जितेपछि सोधिएको प्रश्नमा लेस्टर सिटीका गोलकिपर कास्पर स्माइकलले भने, ‘‘मैले तपाईंले बोलेको केही सुनेको छैन।’’ वेम्बली रंगशालामा २० हजार दर्शकको हल्लाकाबीच स्माइकलले नसुन्नु स्वभाविक पनि थियो। कोभिड–१९ महामारी सुरु भएपछि बेलायतमा २० हजार दर्शकलाई रंगशाला प्रदेश गर्न दिइएको यो पहिलो पटक थियो। यससँगै युरो २०२० मा पनि भरिभराउ दर्शकको अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्