नापोलीको शीर्ष चारको सम्भावना कायमै, फियोरेन्टिना २–० ले पराजित
एजेन्सी। इटालियन सिरी ‘ए’ फुटबलमा आइतबार भएको खेलमा नापोलीले १० खेलाडीमा समेटिएको फियोरेन्टिनालाई २–० ले पराजित गरेको छ। फियोरेन्टिनाको मैदानमा लोरेन्जो इन्सिग्नेले ५६ औं मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए। ६७ औं मिनेटमा फियोरेन्टिनाका लोरेन्जो भेनुतीले आत्मघाती गोल गरेपछि नापोलीले २–० को जित निकाल्यो। लिगमा नापोलीले ३७ खेलमा ७६ अंक जोडेको छ।
प्रतिक्रिया दिनुहोस्