युरोपा लिग खेल्ने टोटनह्यामको सम्भावना बलियो काठमाडौं। टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा वुल्भ्सलाई २–० ले हराउँदै आगामी सिजन युरोपा लिग खेल्ने सम्भावना बलियो बताएको छ। घरेलु मैदानमा टोटनह्यामको जितमा ४५ औँ मिनेटमा ह्यारी केन तथा ६२ औँ मिनेटमा पिएर एमिल होज्ब्जेर्गले गोल गरे। जितपछि छैटौँ स्थानको टोटनह्यामको ५९ अंक भएको छ। समान अंक भएको वेष्ट ह्याम सातौं स्थानमा झरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्