बार्सिलोना १३ वर्षपछि पहिलोपटक शीर्ष दुईमा अटेन एजेन्सी। सेल्टा भिगोसँग २–१ ले पराजित भएपछि बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड समाप्त बनेको छ। यससँगै बार्सिलोना शीर्ष दुईमा रहने सम्भावना पनि समाप्त भयो। बार्सिलोना २००७/०८ पछि पहिलो पटक शीर्ष दुईबाट बाहिरिएको हो। लिगमा एक खेल बाँकी हुँदा बार्सिलोनाको ७६ अंक जोडेको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा पाँच अंकले पछाडि हो। बार्सिलोनाले अन्तिम खेल एइबरविरुद्ध खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्