एलेक्जेन्डर–आर्नोल्ड इङ्ल्यान्ड टिममा पर्ने सम्भावना कमजोर एजेन्सी। लिभरपुलका ‘राइट ब्याक’ ट्रेन्ड एलेक्जेन्डर–आर्नोल्डले युरोपियन च्याम्पियनसिपका लागि इङ्ल्यान्डको राष्ट्रिय टिममा स्थान बनाउने सम्भावना कम छ। लामोदेखि लिभरपुलबाट आफ्नो पोजिसनमा प्रभाव छाड्न सफल भए पनि २२ वर्षे एलेक्जेन्डर आर्नोल्डले प्रशिक्षक गारेथ साउथगेटलाई प्रभावित गर्न सकेका छैनन्। साउथगेटको रोजाईमा अझै पनि म्यानचेस्टर सिटीका केल वाल्कर र एट्लेटिको मड्रिडका किइरन ट्रिप्पर पहिलो रोजाईमा पर्छन्। चेल्सीका रिसे जेम्स तेस्रो रोजाईमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्