युरोकपका लागि क्रोएसियाद्वारा टिम घोषणा काठमाडौं। ११ जुनदेखि सुरू हुने युरोकप फुटबलका लागि क्रोएसियाले टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक ज्लाट्को डालिचले २६ सदस्यीय टोली घोषणा गरेका हुन्। टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड छन्। समूह डी मा रहेको क्रोएसियाले समूह चरणमा चेक रिपब्लिक, इंग्ल्याण्ड र स्कटल्याण्डसँग खेल्नेछ। प्रतियोगिताको ६०औं वर्षगाँठको अवसरमा यसपटक युरोपका ११ सहरमा खेल हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्