मान्सिनीले २०२६ सम्म इटालीको प्रशिक्षण सम्हाल्ने
एजेन्सी। इटालीको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले इटाली फुटबल फेडेरसनसँगको सम्झौता नवीकरण गरेका छन्। सोमबार सम्झौता नवीकरणसँगै मान्सिनीले अब २०२६ सम्म इटालीको टिम सम्हाल्ने छन्। ५६ वर्षीय प्रशिक्षक मान्सिनीको इटालीसँगको सम्झौता २०२२ सम्म थियो। मान्सिनीले २०१८ देखि इटालीको प्रशिक्षण सम्हालेका हुन्।
प्रतिक्रिया दिनुहोस्