न्युजिल्यान्डविरुद्ध इङ्ल्यान्डको टेष्ट टिममा दुई नयाँ अनुहार एजेन्सी। नयाँ अनुहार ग्लास्टरशायरका विकेटकिपर ब्याट्सम्यान जेम्स ब्रेसी र ससेक्सका बलर जोओ अली रबिन्सनलाई समेट्दै इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्धको दुई टेष्ट शृंखलाका लागि टिम घोषणा गरेको छ। काउन्टी च्याम्पियनसिपमा ब्रेसीले ५३ को औसतमा ४७८ रन तथा रोबिन्सनले २९ विकेट लिएका थिए। न्युजिल्यान्डविरुद्धको टेष्ट २ जुनबाट लर्ड्समा हुनेछ। ब्रेसी र रोबिन्सनले वैकल्पिक खेलाडीका रुपमा श्रीलंका र भारत भ्रमण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्