उपाधि विजेता सिटी ब्राइटनसँग पराजित एजेन्सी। इङ्लिस प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटी गएराति ब्राइटनसँग ३–२ ले पराजित भएको छ। जोओ कान्सेलोले दशौं मिनेटमा रातो कार्डको सामना गरेपछि सिटी दश खेलाडीमा सीमित बनेको थियो। सिटीले २–० को अग्रता जोगाउन सकेन। सिटीका इल्के गुन्डोगन र फिल फोडेनले गोल गरे। ब्राइटनका लियान्ड्रो ट्रासर्ड, एडम वेबस्टर र ड्यानिल बर्नले गोल गरे। ब्राइटन १५औं स्थानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्