फ्रेन्च ओपन जित्ने स्तरको प्रदर्शन छैन– फेडेरर
एजेन्सी। पूर्व विश्व नम्बर एक रोजर फेडररले फ्रेन्च ओपन जित्नेबारे आफूले नसोचेको बताएका छन्। फेडेरर मंगलबार जेनेभा ओपनमा पाब्लो एन्डुजरसँग ६–४, ४–६, ६–४ को सेटमा पराजित भए। पराजित भएपछि फेडेररले आफ्नो प्रदर्शन फ्रेन्च ओपन जित्ने स्तरको नभएको बताए। २०२० को अस्ट्रेलियन ओपन खेलेपछि फेडेररको यो दोस्रो प्रतियोगिता हो। दायाँ घुँडाको शल्यक्रियाका कारण उनी १५ महिना कोर्टबाहिर रहे।
प्रतिक्रिया दिनुहोस्