लिभरपुलद्वारा बर्नली पराजित, शीर्ष चारको सम्भावना बलियो
काठमाडौं। बर्नलीलाई ३–० ले हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। बर्नलीको मैदानमा भएको खेलमा लिभरपुलका लागि रोबर्टो फिर्मिनो, फिलिप्स र ओक्सलेड–चेम्बरलिनले गोल गरे। लिगको अन्तिम खेलमा क्रिष्टल प्यालेसविरुद्ध खेल्नुअघि लिभरपुलको ३७ खेलबाट ६६ अंक भएको छ। समान अंक भएको लेस्टर सिटी पाँचौँ स्थानमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्