चार्टर फ्लाइट गर्न नसक्दा एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित काठमाडौं। नेपाल बक्सिङ संघले चार्टर फ्लाइटको व्यवस्था गर्न नसकेका कारण एसियन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता हुने सम्भावना कमजोर बनेको छ। प्रतियोगिता २४ मेदेखी युनाइटेड अरब इमिरेट्समा हुदैछ। उक्त प्रतियोगिताका लागि बक्सिङ संघले दुई महिला र पाँच पुरुष खेलाडी छनोट गरी प्रशिक्षणमा राखेको थियो। प्रतियोगिता पहिले भारतमा हुने भनिए पनि कोभिड–१९ का कारण युएईमा सारिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्