पूर्वविजेता हालेप फ्रेन्च ओपन नखेल्ने एजेन्सी। पूर्वविश्व नम्बर एक सिमोना हालेपले फ्रेन्च ओपन नखेल्ने भएकी छिन्। रोमानियाकी हालेपले बायाँ खुट्टाको पिडौंलामा लागेको चोटका कारण प्रतियोगिताबाट नाम फिर्ता लिएकी हुन्। तेस्रो वरियाताकी हालेपले भन्छिन्, "नाम फिर्ता लिनु मेरो प्रवृत्ति र आकांक्षाहरुविरुद्ध हो। तर यही सही निर्णय हो। यसबाट दुखि छु।" हालेपले २०१८ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। प्रतियोगिता २४ मेबाट सुरु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्