बक्सिङ संघको साधारणसभा रोक्न राखेपको निर्देशन
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अर्को सुचना जारी नभएसम्म नेपाल बक्सिङ संघलाई साधारणसभा नगर्न निर्देशन दिएको छ। यअसघि संघले २०७७ चैत २७ गतेको निर्णयानुसार जेष्ठ २० गते साधारणसभा गर्ने भनी सार्वजनिक सुचना जारी गरेको थियो। संघले लकडाउन नखुलेमा भर्चुअलमाध्यमबाट पनि गर्ने जनाएको थियो। तर राखेपले लकडाउनमा परिषद्को पूर्व स्विकृती नलिई गर्न लागेको भन्दै स्थगित गर्न निर्देशन दिएको हो।
प्रतिक्रिया दिनुहोस्