लिभरपुलका खेलाडी घाइते नभइदिएको भए सिटीले उपाधि जित्दैनथ्यो– क्लोप एजेन्सी। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्ना खेलाडी घाइते नभइदिएको भए म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जित्न नसक्ने बताएका छन्। लिभरपुलका रक्षक भर्जिल भान डाइक र जो गोमेजले चोटका कारण पुरै सिजन गुमाएका थिए। त्यसपछि जो माटिप, फबिन्हो, जोर्डन हेन्डरसन र डिएगो जोटा पनि घाइते भएका थिए। ‘चोटले दुःख नदिएको भए हामी च्याम्पियन हुन्थ्यौं,’ क्लोपले भने, ‘अरूको कुनै सम्भावना हुँदैनथ्यो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्