म्याराडोनाको उपचारमा खेलाँची गरेको आरोपमा सातजना चिकित्सकमाथि अभियोग दर्ता एजेन्सी। प्रख्यात फुटबल खेलाडी डियगो म्याराडोनाको उपचारमा खेलाँची गरेको आरोपमा सातजना चिकित्सकमाथि अभियोगपत्र दर्ता गरिएको छ। आरोप पुष्टि भएमा चिकित्सकहरुलाई आठदेखि २५ वर्षसम्म जेलसजाय हुन सक्छ। अभियोगमा म्याराडोनाको उपचारमा संलग्न न्युरोसर्जन, मनोचिकित्सकलगायतको नाम रहेको छ। म्याराडोना अर्जेन्टिनामा मात्रै होइन संसारभर नै रुचाइएका फुटबल खेलाडी हुन्। उनको उपचारका क्रममा २०२० नोभेम्बर २५ मा निधन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्