रूडले जिते जेनेभा ओपनको उपाधि एजेन्सी। कास्पर रूडले शनिबारराति डेनिस शापोभालोभलाई २–० को सेटमा हराउँदै जेनेभा ओपनको उपाधि जितेका छन्। नर्वेका रूडले आफ्नै देशका शापोभालोभलाई ७–६(८/७), ६–४ को सेटमा हराएका हुन्। रूडको करियरमा यो दोस्रो उपाधि हो। उनले गत वर्ष ब्यूनस आयर्समा उपाधि जितेका थिए। ‘‘यो साता मेरो लागि अविश्सनीय रह्यो’’, उनले भने, ‘‘अब मेरो तयारी फ्रेन्च ओपनका लागि हुनेछ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्