टोकियो ओलम्पिक समयमै हुन्छ : आईओसी प्रमुख बाच
एजेन्सी। आईओसीका प्रमुख थोमस बाचले टोकियो ओलम्पिक २०२० निर्धारित समयमै हुने बताएका छन्। कोभिड-१९ महामारीका कारण जापानका अधिकांश जनता ओलम्पिकको विपक्षमा भए पनि बाचले ओलम्पिक समयमै हुने बताए। कोभिड-१९ कै कारण ओलम्पिक एक वर्ष पछाडि सारिएको थियो। अन्तर्राष्ट्रिय हक्की महासंघको कांग्रेसलाई सम्बोधन गर्नेक्रममा बाचले "अँध्यारो सुरूङको अन्त्यमा उज्यालो हुन्छ" भनेर सन्देश दिनका लागि पनि ओलम्पिक समयमै गर्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्