कीर्तिमानी गोलसँगै अग्वेरोको बिदाई एजेन्सी। कीर्तिमानी गोलसँगै म्यानचेस्टर सिटीका सर्जियो अग्विरो इङ्लिस प्रिमियर लिगबाट बिदा भएका छन्। ३२ वर्षे अग्वेरोको दुई गोलप्रेरित सिटीले एभर्टनलाई ५–० ले हरायो। अग्वेरोले सिटीबाट १८४ गोल गर्दै प्रिमियर लिगमा एकै क्लबबाट सबभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाए। उनले वायन रूनीको १८३ गोलको कीर्तिमान तोडेका हुन्। सिटीबाट २६० गोल गरेका अग्वेरोलाई च्याम्पियन्स लिगको फाइनलमा पनि गोल गर्ने अवसर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्