शाकिबको एकहजार विकेट पुरा, बङ्लादेशबाट एकहजार विकेट लिने दोस्रो खेलाडी एजेन्सी। बङ्लादेशका अलराउन्डर शाकिब अल हसनले फस्ट क्लास, लिष्ट ए र टि–२० प्रतियोगितामा गरी एक हजार विकेटको कोशेढुङ्गा पुरा गरेका छन्। गएदिन भएको श्रीलंकाविरुद्धको खेलमा एक विकेट लिँदै शाकिब फस्ट क्लास, लिष्ट ए र टि–२० प्रतियोगितामा हजार विकेट लिने बङ्लादेशका दोस्रो क्रिकेटर बनेका हुन्। शाकिबअघि बङ्लादेशका अब्दुर रज्जाकले सबैखाले प्रतियोगिताबाट ११ सय ४५ विकेट लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्