काठमाडौं। स्पीनर ललित नारायण राजवंशीले टेष्ट नेशन जिम्बावे विरुद्ध खेल्दै लिस्ट ए मा डेब्यु गरेका थिए। आइसीसी क्रिकेट विश्वकप छनाेट अन्तर्गत ४ मार्च २०१८ मा जिम्बावेकै घरेलु मैदान बुलावायोमा नेपालले जिम्बावेसँग खेलेको थियाे।
विश्वकप छनोटको त्यही खेलबाट ललितले पनि डेब्यु गरेका थिए र १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिएका थिए। उक्त खेल नेपालले फराकिलो अन्तरले हारेपनि पहिलो पटक जिम्बावेसँग खेल्दा नेपालले पूरै ५० ओभर ब्याटिङ गरेको थियो।
सिनियर स्तरमा जिम्बावे विरुद्ध त्यो नै नेपालको पहिलो खेल थियो। त्यही जिम्बावेसँग नेपालले डेढ वर्षपछि फेरि क्रिकेट खेल्दैछ। यस पटक नेपालले टी २० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। सिंगापुरमा आजदेखि शुरू हुने सिंगापुर त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमै नेपालले जिम्बावेसँग खेल्न लागेको हो।
जिम्बावे भर्खरै बंगलादेशमा सम्पन्न बंगलादेश र अफगानिस्तान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर सिंगापुर पुगेको हो। बंगलादेशमा जिम्बावेले खेलेको ४ मध्ये ३ खेलमा हार बेहोरेको थियो भने अफगानिस्तान विरुद्ध १ खेल मात्र जितेको थियो। फाइनल खेल वर्षाले रोकिएपछि बंगलादेश र अफगानिस्तानले ट्रफी सेयर गरेका थिए।
त्यस टिममा रहेका ह्यामिल्टन मसाकान्डाले सन्यास लिइसकेका छन्। बंगलादेशमा भएको सिरिजका लागि गएको टिममा ६ परिवर्तन भएको छ। सिन विलियम्सनले टिमको नेतृत्व गर्नेछन्।
सिंगापुरमा प्रशिक्षण गर्दै नेपाली क्रिकेट टोली ।
यता नेपाल भने सिंगापुरमै भएको टी-२० छनाेट खेलेपछि लगातार दोस्रो पटक सिंगापुर पुगिसकेको छ। नेपालले मंसिरमा हुने १३ औं सागको तयारी स्वरूप सिंगापुर र ओमानमा खेल्दैछ। यस पटक युवा खेलाडीलाई बढी अवसर दिइएको छ। साग लक्षित गर्दै घोषित टोलीमा कप्तान पारस र विनोद भण्डारी मात्र सिनियर खेलाडीको रुपमा छन्।
सिंगापुर टी -२० ट्राई सिरिज
नेपाल भर्सेस जिम्बावे
स्थान : इन्डियन एसोसिएसन ग्राउण्ड, सिंगापुर
समय : बेलुका ५:१५ बजे (नेपाली समय)
टी-२० फास्ट गेम भएकोले युवालाई अवसर दिएको नेपाली राष्ट्रिय टीमका काेच उमेश पटवालको भनाई छ। पटवाल ब्याटिङ कन्सलटेन्ट रहँदा नेपालले जिम्बावेमा खेलेको थिए। ललितले त्यही डेब्यु क्याप पटवालबाटै लिएका थिए।
यसपटक नेपाली टोलीलाई युवा टिमको रूपमा हेरिएको छ। जहाँ दुई नयाँ अनुहारसहित ३ खेलाडीले पुनरागमन गरेका छन्। कुशल पाण्डे र इशान पाण्डे पहिलो पटक सिनियर टिमसँग टुर गर्दैछन्। यस्तै आरिफ शेख, सुशन भारी र सन्दिप जोराले कम्ब्याक गरेका छन्। अनुभवी खेलाडीहरू बसन्त रेग्मी, शरद भेषावर टिममा अटाएका छैनन्। नियमित उपकप्तान ज्ञानेन्द्र मल्ले व्यक्तिगत कारण सिरिजबाट नाम फिर्ता लिँदा दिपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाएका छन्।
नेपालले मार्च २०१८ मा जिम्बावेसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो।
दिपेन्द्रले सिंगापुर जानुअघि युवा खेलाडीहरूको लागि यो टुर आफूलाई प्रमाणित गर्ने अवसर रहेको बताएका थिए। उनले नेतृत्व गर्ने अवसर आए आफू त्यसका लागि तयार भएकोसमेत बताएका छन्।
जिम्बावेमा विश्वकप छनाेटमा जिम्बावेसँगै खेलको ११ खेलाडीमध्ये ७ खेलाडी अहिले पनि टिममा छन्।
पहिले खेलिसकेका खेलाडी भएपनि उमेरका हिसाबले नेपाली टोलीलाई योङ नै मानिन्छ। पारस ३२ वर्ष, विनोद भण्डारी २९ वर्ष र करण केसी २७ वर्षका छन् भने बाँकी २५ वर्षमुनिका छन्।
युवा र नयाँ खेलाडीलाई टेष्ट नेशनविरुद्ध खेल्ने मौका छ भने समग्र टिमलाई नतिजा आफ्नो पक्षमा ल्याउने चुनौती पनि छ।
तस्वीरहरू: रमन शिवाकोटी।
" /> काठमाडौं। स्पीनर ललित नारायण राजवंशीले टेष्ट नेशन जिम्बावे विरुद्ध खेल्दै लिस्ट ए मा डेब्यु गरेका थिए। आइसीसी क्रिकेट विश्वकप छनाेट अन्तर्गत ४ मार्च २०१८ मा जिम्बावेकै घरेलु मैदान बुलावायोमा नेपालले जिम्बावेसँग खेलेको थियाे।विश्वकप छनोटको त्यही खेलबाट ललितले पनि डेब्यु गरेका थिए र १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिएका थिए। उक्त खेल नेपालले फराकिलो अन्तरले हारेपनि पहिलो पटक जिम्बावेसँग खेल्दा नेपालले पूरै ५० ओभर ब्याटिङ गरेको थियो।

">