नेपाली मुलकी अस्मिता एस्टन भिल्लाको उत्कृष्ट खेलाडी
एजेन्सी। नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्यान्ड वुमन्स सुपर लिगमा एस्टन भिल्ला क्लबको ‘प्लेयर अफ दी सिजन’ घोषित भएकी छिन्। १९ वर्षीया रक्षक आले समर्थकहरुको मतदानबाट उत्कृष्ट खेलाडी चुनिएकी हुन्। अस्मिताले यस सिजन १९ मध्ये १७ खेलमा सुरुआती टिममा स्थान बनाइन्। अस्मिताले १६ वर्षमा सिनियर टिमबाट डेब्यू गरेकी थिइन्। अस्मिताले इङ्ल्यान्डबाट २०१९ मा यु–१९ युरोपियन च्याम्पियनसिप खेलिसकेकी छिन्।
प्रतिक्रिया दिनुहोस्