विराटनगरलाई एक लाख जरिवाना, तीन अफिसियललाई तीन खेल प्रतिबन्ध काठमाडौं। खेल अनुशासन उल्लङघन गरेको भन्दै नेपाल सुपर लिगले विराटनगर सिटी एफसीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। वैशाख २५ गते सम्पन्न ललितपुरसिटीविरुद्ध रेफ्रीको निर्णयप्रति आक्रोस पोख्दै विराटनगरले खेलाडीलाई मैदान छाड्न निर्देशन दिएको थियो। एनएसएलले प्राविधिक निर्देशक सोनाम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई तीन प्रतिबन्ध लगाएको छ। प्रशिक्षक यन ललाई एक वर्ष प्रतिबन्ध लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्