मोड्रिच २०२२ जुनसम्म रियालमा बस्ने
काठमाडौं। क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता २०२२ जुनसम्मका लागि नवीकरण गरेका छन्। २०१२ मा इङ्लिस क्लब टोटेनह्यामबाट स्पेन आएका ३५ वर्षे मोड्रिच एक दशक रियालमा बस्ने भएका हुन्। दोस्रो स्थानमा रहेर ला लिगाको अन्त्य गरेको रियाल २०१० पछि पहिलोपटक उपाधिबिहीन बन्यो। रियाल च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्