पोल्यान्डमा युनाइटेडका समर्थकमाथि आक्रमणमा एजेन्सी। युरोपा लिग फाइनलको अघिल्लो दिन पोल्यान्डमा म्यानचेस्टर युनाइटेडका समर्थकमाथि ३० जनाको समूहले आक्रमण भएको जनाइएको छ। आक्रमणमा कोही पनि गम्भीर घाइते भएका छ्रैनन्। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरूले स्थानीय क्बल लेचियाको नाम लिँदै कराएका थिए। पुलिसले भिडियो फुटेज हेरेर कारवाही गर्ने जनाएको छ। फाइनलमा ९,५०० दर्शकलाई प्रवेश छुट दिइएको छ। दुवै क्लबलाई समान २ हजार टिकट बिक्री गर्न दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्