कार्यकाल सकिएपछि बक्सिङ संघको साधारणसभा कि चुनावी अधिवेशन? काठमाडौं। नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्यले अध्यक्ष राम अवालेले बोलाएको साधारणसभाको औचित्य नभएको भन्दै चुनावी अधिवेशनका लागि जोड दिएका छन्। उनी भन्छन्, ‘‘विधानमै हरेक वर्ष साधारणसभा गर्नुपर्ने प्रावधान छ। तर चार वर्षको कार्यकालमा एकपटक पनि साधारणसभा भएन। अहिले कार्यकाल सकिएको संघको साधारणसभा गर्ने कि चुनावी अधिवेशन?’’ भट्टचार्यले अध्यक्ष अवालेलाई आफूअनुकुलको नेतृत्व ल्याउन प्रपञ्च रचेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्