जोन सिनाले चिनियाँ प्रशंसकसँग माफी मागे एजेन्सी। फास्ट एन्ड फ्युरियस–९का स्टार जोन सिनाले ताइवानलाई अलग देश भन्नु आफ्नो गल्ती भएको भन्दै चिनिया प्रशंसकसँग माफी मागेका छन्। चीन ताइवानलाई आफ्नो देशको हिस्सा मान्छ, जबकि ताइवान लोकतान्त्रिक र स्वतन्त्र ढंगमा चल्दै आएको छ। जोकोहीले ताइवानलाई अलग देश भन्यो भने चीन आपत्ति प्रकट गरिहाल्छ। अमेरिकी कुस्तीबाज सिनाले मे महिनाको सुरुआतमा ताइवान भ्रमणका बेला यस्तो टिप्पणी गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्