कोन्टेले छाडे इन्टरको प्रशिक्षकको जिम्मेवारी
एजेन्सी। इटालियन सिरी ए च्याम्पियन इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले प्रशिक्षकको जिम्मेवारी त्यागेका छन्। प्रशिक्षक कोन्टेले क्लबसँगको आपसी समझदारीमा क्लब छाडेका हुन्। कोन्टेले यस सिजन सिरी एमा युभेन्टसको दबदबा तोड्दै इन्टरलाई ११ वर्षपछि सिरी एको उपाधि दिलाएका थिए। गत सिजन क्लबको जिम्मेवारी सम्हालेका ५१ वर्षीय कोन्टेको सम्झौता २०२२ सम्म रहेपनि उनले सम्झौता नसकिदै क्लब छाड्ने निर्णय गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्