साफ यू-१८ च्याम्पियनसिप: भुटानलाई हराउँदै बाङ्लादेश फाइनलमा

काठमाडौंमा भइरहेको तेस्रो संकरणको च्याम्पियनसिप अन्तर्गत आज भएकाे पहिलो सेमिफाइनलमा बाङ्लादेशले भुटानलाई ४-० ले पराजित गरेको हो।

भुटान समूह ए को विजेता तथा बाङ्लादेश समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेका थिए।

भुटानले समह चरणमा नेपाललाई ३-० ले पराजित गरेको थियो।

हलचोकस्थित एपीएफ मैदानमा भएको खेलमा बाङ्लादेशलाई फराकिलो जित दिलाउन मोहम्मद तनवीर हुसेन, मोहम्मद फोयसल अहमद फहिम, मोहम्मद मराज हुसेन र दिपोक रोयले गोल गरे।

खेलको १६औं मिनेटमा तनवीर हुसेन पहिलाे गोल गरेका थिए । २७औं मिनेटमा अहमेद फाहिमले गोल गर्दै अग्रता दोब्बर पारे।

३२औं मिनेटमा मोहम्मद मराजले गोल गरेपछि बाङ्लादेशले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो। इन्जुरी टाइमको अन्त्यतिर दिपोकले गोल गर्दै बाङ्लादेशलाई ४-० को जित दिलाए।

बाङ्लादेशले अब उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल आज दिउँसो हुनेछ।

प्रतिक्रिया दिनुहोस्