युरोपा लिग विजेता भिल्लारियाललाई घरमा भव्य स्वागत एजेन्सी। पहिलो ठूलो उपाधि युरोपा लिग जितेर फर्किएको भिल्लारियाल टिमलाई समर्थकले घरमा भव्य स्वागत गरेका छन्। स्पेनको दक्षिणपूर्वी सहरमा ५० हजार हाराहारीको समर्थक सडकमा उत्रिएका थिए। भिल्लारियालले बुधबारराति पोल्यान्डमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै उपाधि जितेको थियो। भिल्लारियालले पछिल्लो आठ सिजनमा सातौं पटक सातौं स्थानमा रहेर ला लिगाको अन्त्य गर्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्