लाइपजिगका रक्षक इब्राहिमा लिभरपुलमा अनुबन्धित
एजेन्सी। इङ्गलिस प्रिमियर लिगको क्लब लिभरपुलले आरबी लाइपजिगका रक्षक इब्राहिमा कोनाटेलाई अनुबन्धित गरेको छ। लिभरपुलले २२-वर्षे रक्षकलाई ३ करोड ६० लाख पाउण्डमा अनुबन्ध गरेको हो। इब्राहिमाले फ्रान्सको यू-२१ टिमबाट १२ खेल खेलिसकेका छन्। उनी अहिले यू-२१ युरोपियन च्याम्पियनसिपका लागि फ्रान्सका टिममा छन्। २०२०/२१ को सिजन भर्जिल भान डाइक, जोए माटिप, जोए गोमेज घाइते भएपछि लिभरपुलको रक्षापङ्क्तिमा समस्या देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्