बायर्नका रक्षक अलाबा रियालसँग अनुबन्धित एजेन्सी। अस्ट्रियाका रक्षक डेबिड अलाबा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडसँग अनुबन्ध भएका छन्। अलाबाको गत सिजनको अन्त्यसँगै जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखबाट बिदा भएका थिए। २८ वर्षीय रक्षक अलाबा ‘फ्री ट्रान्सफर’मा रियालसँग पाँच वर्षका लागि अनुबन्ध भएका हुन्। अलाबा २००८ मा बायर्नसँग अनुबन्ध भएका थिए। १३ वर्ष बायर्नमा बिताउँदा उनले ४३१ खेल खेलेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्