आईपीएलका बाँकी खेल युएईमा हुने एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)को बाँकी खेल युनाइटेड अरब इमिरेट्समा सेप्टेम्बर र डिसेम्बरमा हुनेछ। केही खेलाडी तथा कर्मचारीमा कोभिड-१९ सङ्क्रमण भएपछि ट्वान्टी-२० फ्रेन्चाइज लिग ४ मेमा स्थगित भएको थियो। सेप्टेम्बर र डिसेम्बरमा भारतमा मनसुन सुरु भएका कारण प्रतियोगिता भारतबाट युएई सारिएको जनाइएको छ। आईपीएलमा अब ३१ खेल बाँकी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्