मिडियासँग नबोल्दा ओसाकालाई १५ हजार अमेरिकी डलर जरिवाना एजेन्सी।फ्रेन्च ओपनमा पहिलो चरणको जितपछि संचारमाध्यमसँग कुरा नगरेका कारण जापानकी स्टार नाओमी ओसाकालाई १५ हजार अमेरिकी डलर जरिवाना गरिएको छ। मिडियासँग कुरा नगर्ने कार्यलाई निरन्तरता दिएमा उनलाई चारै ग्राण्डस्लाम प्रतियोगिताबाट निलम्बन गर्न सकिनेसम्मको चेतावनी दिइएको छ। उनले गत बुधबार नै मानसिक स्वास्थ्यको मुद्दा उठाउँदै प्रतियोगिताको दौरान मिडियासँग कुरा नगर्ने घोषणा गरेकी थिइन्। ओसाका सबैभन्दा धेरै कमाउने महिला खेलाडी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्